Monday, November 28, 2016

प्रचण्ड भारतसंग लम्पसार नपरेको नेपालको प्रगती असिमित हुने चिन सरकारको भनाइ(भिडियो)

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण अनिश्चितताका विषयमा यतिबेला कुनै स्वतन्त्र ब्यक्तिले जिज्ञासा राख्यो भने पनि नेपाललाई भारतको निर्भरतामा कज्याइराख्ने परम्परागत बौद्धिकहरुले आरोप लगाइदिन्छन्– पक्कै पनि यो विचार बोक्ने मान्छे केपी ओलीको अनुयायी हो । तर, भारतको गोवामा हुन लागेको ‘ब्रिक्स’ सम्मेलनको पूर्वन्ध्यामा बंगलादेश पुगेका चिनियाँ राष्ट्रपति सीसँग बंगलादेशका रेल्वेका विभिन्न परियोजनामा २४ अर्व अमेरिकी डलर चिनियाँ सहयोगको सम्झौता भएको छ ।वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको खेलौना नबनेको भए यतिबेला चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपालको भ्रमणमा हुन्थे र रसुवागढीमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी संयुक्त रुपमा नेपाल चीन रेलमार्गको शिलान्यास गरिरहेका हुन्थे । तर, दाहाल भारतीय मिसनमा प्रयोग भएपछिको परिस्थितिले उनलाई भारतको गोवामा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा आउन अनुनय गर्ने पात्रका रुपमा उभ्याएको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपालसँग पनि दुई देशलाई रेल्वे सञ्जालले जोड्ने र नेपालमा इन्धन उत्खनन्का यस्तै सम्झौता हुने पूर्व तयारी यहाँ सरकार परिवर्तनसँगै तुषारापात हुन पुगेको छ । नेपालको अन्तरनिर्भर आर्थिक विकास र मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध चाहने हरेकलाई यसले ठेस लागे पनि पूर्ववर्ती ओली नेतृत्वको सरकार यसै उद्धेश्यका लागि ढालिएको थियो भन्ने पनि पुष्टि भएको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment