Saturday, December 3, 2016

झापामा अस्पताल हिडेकी विरामी बुहारी होटलमा केटासँग रंगेहात पक्राउ परेपछि हंगामा

झापा / उत्तरी झापाबाट विर्तामोड उपचार गर्न गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेपछि परिवार बुहारी खोज्दै प्रहरी कहाँ पुगेको छ । तर, बुहारी अस्पतालबाट पक्राउ नगरि होटलबाट केटासंग रंगेहात पक्राउ परेको खबरले परिवार स्तब्ध बनेको छ । घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक (छड्के) अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएकोहो।

९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ । २१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दाेष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शैलेस थापाले जानकारी दिए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment