Friday, December 2, 2016

नेपालीहरुको अन्याय बिरुद्ध आवाज उठ्यो UAE सरकारबाट.तलब रोक्ने कम्पनीलाइ चेतावनी(भिडियो)

युएई, २६ भदौ – युएईमा अलपत्र परेका ३० नेपाली कामदार सोमबारदेखि काममा फर्किने भएका छन्।

गएको चार महिनादेखि तलब नपाएर बिचल्लीमा परेका उनीहरु ४५ दिनभित्र कम्पनी संचालकले तलब दिने सहमति भएपछि काममा फर्किने भएका हुन्।

अलपत्र ३० नेपाली कामदार, एनआरएन युएई प्रतिनिधि तथा नेपाली दूतावास युएईको टोली र कम्पनी संचालकबिचको वार्तामा तीन बुँदे सहमति भएकाले कामदार सोमबारदेखि काममा फर्किन लागेका एनआरएन युएईका प्रवत्ता बालकृष्ण मरासिनीले जानकारी दिए।

कम्पनीले आफ्नै अधिकारिक पत्रमा गरेको सहमति अन्तर्गत कामदारलाई दिन बाँकी तलब बापतको रकम ४५ दिन भित्र भुक्तानी गर्ने, ४५ दिन भित्रमा कामदारले पाउनुपर्ने तलब कम्पनी संचालकले नदिए एनआरएन युएईको सहजीकरणमा दूतावासले कम्पनीसँग समन्वय गर्ने र क्षतिपूर्ति दिलाउने सहमति भएको छ।

कामदारले पाउनु पर्ने तलब तोकिएको समयमा पाए कामदारले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने र नियमित काम गर्ने सहमतिमा उल्लेख छ।

कामदार बस्ने क्याम्प नेपाली दूतावास आबुधाबीबाट एकसय ४३ किलोमिटर टाढा पर्छ । समस्या समाधान गर्न दूतावासकी श्रम सहचारी हिरा यादव गएको शुक्रबार नै त्यहाँ पुगेकी थिइन्। त्यसअघि बिहीबार पनि दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्की र श्रमसहचारी यादव तथा एनआरएन युएईको टोली अलपत्र नेपालीलाई भेट्न उनीहरु बसेको क्याम्पमा पुगेको दूतावासले जनाएको छ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment