Friday, December 2, 2016

अहिलेसम्म कै डरलाग्दो तरिकाले भएको दुर्घटनामा दर्दनाक मृत्यु.LIVE(भिडियो)

चितवन, २५ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका : ३ पिप्लेमा आज बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ट्रकका चालक बारा, गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो । ट्रकको अगाडिका दुवै पाङ्ग्रा ‘पङ्कचर’ भएपछि बसमा ठोक्किन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३३४ नंको अर्को ट्रक समेत अघिल्लो ट्रकमा ठोक्किएको थियो ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये बारा, कलैयाका ३६ वर्षीय लालबाबु मिया अन्सारी र मधुपुरका २५ वर्षीय सन्देश चौधरी, भारत समरनपिपुरका ३० वर्षीय अशोक गोढाध, भारत रक्सौलका १९ वर्षीय वीर सिंह र अर्को एक गम्भीर घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । रासस | लाइटनेपालबाट साभार गरिएको |
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment