Saturday, December 3, 2016

अखण्ड ५ न. प्रदेश दवाव अभियानको आन्दोलन र बन्द तत्कालका लागि फिर्ता !

चारदिनदेखि बुटवलमा जारी आन्दोलन र बन्द तत्कालका लागि स्थिगित भएका छन् ।

बन्द हड्तालका कारण यस क्षेत्रको आर्थिक तथा शैक्षिक अवस्था अस्तव्यस्त बन्न पुगेको महसुस गर्दै जारी बन्द फिर्ता लिइएको । अखण्ड ५ न. प्रदेश दवाव अभियान लुम्बिनीका संयोजक विष्णु पोखरेलले नागरिक आवाजलाइ जानकारी दिए ।

आन्दोलनलाई थप रचनात्मक र प्रभावकारी बनाउनका लागि अन्य आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरिएको पोखरेलले आज एक बिज्ञप्ती जारी गरि जनाए ।
शनिबार (आज ) पांच बजेबाट बन्द हड्तालको कार्यक्रम स्थगित गरिएको हो ।

आन्दोलनमा साथ र सहयोग गर्ने नेपाली कांग्रेस नेकपा एमाले,माओवादी केद्र लगायतका राजतितिक दल र तिनका भातृ संगठन,विभिन्न व्यवसायीक र समाजिक संघ संस्थाहरुप्रति अखण्ड ५ न प्रदेश दवाव अभियान लुम्बिनीले आभार समेत प्रकट गरेको छ ।

यो आन्दोलनललाई निश्किर्षमा नपुर्याउदा सम्म यस्तै खालको सहयोगका लागि अनुरोध पनि गरेको छ । गत मंगलबार मन्त्रिपरिषद वैठकबाट पारित गरि रातारात प्रदेश न ५ को सिमाङकन परिर्वतन गरि संसद सचिवालयमा संसोधन प्रस्ताव दार्ता गराएपछि त्यसका विरुद्ध जनलहर उर्लिएको थियो ।

स्थानिय जनताको चहाना र भावनालाई कुल्चिदै सरकारले गरेको जनविरोधी सिमाङकन प्रस्ताव हेरफेर सम्बन्धी प्रस्ताव तत्काल फिर्ता लिन पनि आब्हान गरिएको छ ।
आन्दोलनका क्रममा केहि हिसात्मक र गलत गतिविधि भएको प्रति हाम्रो गंभिर ध्यानाकषर्ण भएको जनाएको छ ।

अनेरास्वीयु र युवासंघको भने बन्द यथावत रहने  :-

तर बुटवलमा अन्य बन्दकर्ताहरु पनि रहेकाले आम नागरिकहरु भने अन्यौलमा नै परेका छन् । एमाले समर्थित बिद्यार्थिी संगठन अनेरास्वीयु र युवासंघले भने बन्द यथावत राखेको अनेरास्वीयुका रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment