Wednesday, November 30, 2016

दुइ झापडले खोल्दै छ बम्ब पड्काउन निर्देशन दिएको ब्याक्तीको नाम.LIVE रिपोर्ट(भिडियो)

राजधानीका विभिन्न स्कुलमा बम राख्ने २ जनालाइ प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको छ। महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले माओवादी कम्युनिष्ट केन्द्र नेपालको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङग कम्युनिष्ट फोर्सका कार्यकर्ता रामेछाप दिमिपोखरी ६ का ३१ वर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङटार ६ का २४ वर्षीय चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

कार्यालयका एआइजी प्रतापसिंह थापाले उनीहरुलाई बौद्धस्थित डेराबाट नियन्त्रणमा लिएको बताए। उनीहरु सम्लग्न दल माओवादी कम्युनिष्ट केन्द्र शान्ति प्रक्रिया पूर्व २०६२ सालमा हतियार लिएर भागेको लडाकुहरुले गठन गरिएको संस्था भएको उनले बताए।

उनीहरुले २०६२ सालदेखि ६९ सालसम्म राजनीतिक दलको आवरणमा विभिन्न आपराधिक कृयाकलाप गरेको एआइजी थापाले बताए। ६९ सालमा सरकारसँग सो दलले वार्ता गरेको र त्यो वार्ता सफल पनि नभएको उनले बताए।२०७१ साल भदौंमा सरकारी वार्ता टोली आनन्दप्रसाद ढुंगानासँग उनीहरुले हतियारसमेत बुझाएका थिए। हतियार बुझाए पनि उनीहरुले निजी विद्यालयहरुमा चन्दा आतंक मच्चाएका थिए। २०७१ साल असार १ गते कलंकीबाट यासागुम्बा लुटेको अभियोगमा सो पार्टीका अध्यक्ष देबेन्द्र महत,महासचिव केशव दाहाल लगायतका ४ जना पक्राउ परेका थिए।

गत साउन ६ गते डल्लुमा आइडियल मोडल स्कुलको बस आगजनीमा पनि सोही पार्टीका कार्यकर्ता सम्लग्न भएको प्रहरीले बताएको छ। पक्राउ परेका लाखेसहित ८ जनालाई स्वयम्भु प्रहरीले पक्राउ गरेता पनि साधारण तारेखमा उनीहरु छुटेका थिए।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment