Monday, November 28, 2016

त्रिशूलीमा फेरि अर्काे ट्रक खस्यो, चालकको मृत्यु.शव चिन्न नसकिने अवस्थामा फेला(भिडियो)

मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

गएराति १ बजेको समयमा ना ४ ख ८५५२ नंको ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको छ भने चालकका सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते गुरुङको चितवन मेडिकल कलेज उपचार भइरहेकोे छ!!
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment