बोगोटा – ब्राजिलको फुटबल क्लब च्यापाकोएन्सको नाम धेरै फुटबल समर्थकहरुले आजभन्दा अघि सुनेका थिएनन् । बुधबार यो टोलीले एउटा नयाँ इतिहास रच्ने धुनमा थियो । तर, कोलम्बियामा भएको विमान दुर्घटनामा क्लब र खेलाडीहरुको सपना चकनाचुर भएको छ ।
च्यापाकोएन्सले बुधबार कोपा सुडअमेरिकाना प्रतियोगिताको फाइनलमा खेल्न लागेको थियो । दक्षिण अमेरिकामा खेलाइने यो प्रतियोगिता युरोपमा खेलाइने युरोपा लिगजस्तै हो ।
कोलम्बियाको मेडेलिन सहरमा त्यहाँको एथ्लेटिको न्यासिनोलसँग फाइनल खेलको पहिलो लेग खेल्नका लागि टोली चार्टर गरेको विमानमा बोलिभियाको सान्ताक्रुजबाट कोलम्बियाका लागि उडेको थियो ।
विमानमा ७२ यात्रुसहित ९ चालक दलका सदस्य थिए । तर, मेडेलिन सहर पुग्नभन्दा केही समयअघि ला युनियन नगरपालिकामा रहेको सेरो गोर्डोमा मध्यरातमा प्लेन दुर्घटनाग्रस्त बन्न पुग्यो । दुर्घटनामा खेलाडी, क्लबका अधिकारी तथा पत्रकारसहित ७५ जनाको मृत्यु भएको छ ।
प्रतियोगिताको ‘अन्डरडग’ टोली मानिएको च्यापाकोएन्सले सेमिफाइनलमा अर्जेन्टिनाको सान लोरेन्जोलाई १–१ को बारबारीमा रोक्दै अवे गोलको आधारमा फाइनलमा पुगेको थियो । योसँगै च्यापाकोएन्स सन् २०१३ पछि प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो ब्राजिलियन टोली बनेको थियो ।
तर, दुर्घटनापछि फाइनल खेल रद्द गरिएको छ । दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले सबै खेलकुद गतिविधि रोक्ने निर्णय समेत गरेको छ ।
सहरको खुसी खोसियो
दुर्घटनापछि विज्ञप्ति निकाल्दै क्लबले भनेको छ, ‘विमानमा यात्रा गरिरहेका हाम्रा खेलाडी, अधिकारी, पत्रकार र अन्य पाहुनाहरुलाई भगवानले रक्षा गरुन् ।’ दुर्घटनाको पूर्ण विवरण नआएसम्म क्लबले घटनाबारे केही पनि नबोल्ने बताएको छ ।
क्लबका उपाध्यक्ष इभान टोजोले केबल च्यानल स्पोर्ट टिभीसँग कुरा गर्दै भने, ‘आज हाम्रो सहरमा धेरै जना रोइरहेका छन् । हामीले यस्तो हुन्छ भनेर सोचेका पनि थिएनौँ । च्यापाकोएन्स यो सहरको खुसियालीको ठूलो कारण थियो । हाम्रो खुसी खोसिएको छ ।’
केही भाग्यमानी बाँचे
८१ जना सवार रहेको विमानमा केही भाग्यमानी भने बाँच्न सफल भएका छन् । यद्यपि, कति जना बाँचे र को–को बाँचे भन्ने फरक फरक रिपोर्टहरु आएका छन् ।
डेली मेलले घटनामा पाँच जना बाँचेको बताएको छ ।
यता, बिबिसीले घटनामा क्लबका डिफेन्डर एलान रुस्चेल बाँचेको पुष्टि गरेको छ । स्पोर्ट नेटवर्क टेलेमुन्डो डिर्पोटेसलेले पनि रुस्चेल स्तब्ध रहेको तर कुरा गरिरहेको बताउँदै उनले आफ्नो विवाहको औँठी राख्न र आफ्नो परिवारले हेर्ने इच्छा व्यक्त गरेको उल्लेख गरेको छ ।
त्यस्तै घटनामा गोलकिपर ज्याकसन फोलम्यान र ड्यानिलो तथा फिजियो थेरापिस्ट राफायल गोबाटो पनि बाँचेको रिपोर्टहरुमा उल्लेख छ ।
अभागी टोली
डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार ब्राजिलको फुटबल टोलीलाई अन्तिम समयमा विमान बदल्न लगाइएको थियो । उनीहरु चार्टर एयरलाइन लामियाको एभ्रो आरजे८५ विमानमा सवार थिए । ब्रिटिस एरोस्पेसको विमानमा १४६ यात्रु अँट्ने बताइएको छ ।
कोलम्बियाको विमानस्थलद्वारा जारी विज्ञप्तिमा दुर्घटना हुन अघि पाइलटले विमानमा विद्युतीय समस्या देखिएको बताएको छ।
च्यापाकोएन्स फुटबल क्लबबारे
-सन् १९७३ मा स्थापना भएको
-ब्राजिलको च्यापाको सहरको क्लब
-आय आर्जनको सूचीमा ब्राजिलको २१ औँ ठूलो क्लब
-सन् २०१४ मा मात्र ब्राजिलको प्रथम डिभिजन सिरिए ए मा प्रमोसन भएको । हाल लिगमा नवौँ स्थानमा रहेको
-प्रतियोगितामा अन्डर डग मानिएको टोली च्यापाकोएन्स कोपे लिबरटाडोरेस विजेता एथ्लेटिको न्यासिओनासँग भिड्दै थियो
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...
No comments:
Post a Comment