Tuesday, November 29, 2016

विदेश लाने भनी नेपालीहरु कसरी ठगिदा रहेछन.STING OPERATION LIVE,दलालको पर्दाफाश(भिडियो)

उक्त ट्राभल्स एजेन्सीको ठगीको धेरै तथ्य फेला परेपछि म सिनामंगलतिर इस्टर्न ट्राभल्स खोज्दै गएँ ।

– सिनामंगलमा पुगेर दीपक कार्कीलाई फोन गरेँ ।

‘सिनामंगल चोकबाट एयरपोर्ट जाने बाटोको अलि अगाडिबाट तलतिर झर्नु, त्यहाँ हाम्रो अफिसको बोर्ड देखिन्छ दोस्रो तलामा आउनु ।’ -फोनबाट निर्देशन आयो ।

उक्त अफिसको पहिलो तलामा मिमोसा म्यानपावर कम्पनी रहेछ । म सरासर माथि चढेको देखेर त्यो म्यानपावरको कर्मचारीले रुखो आवाजमा भने, – ‘कहाँ जान लागेको ?’

मैलै छोटो उत्तर दिए – ‘ दीपक सरको अफिस ’

फेरि पनि उस्तै रुखो स्वरमा उनले भने, – ‘सोधी खोजी नगरी सिधै जाने हो । सोध्नुपर्छ नी ? ’

म केही नबोली सरासर माथि दीपक कार्कीको अफिसमा गएँ ।

कार्कीको अफिसमा एकजना महिला बसिरहकी थिइन । ल्यापटप चलाइरेकी उनले ल्यापटप चलाउन छोडेर अगाडि बस्न आग्रह गरिन् । कोठा साधारण थियो । भित्ताको रंगहरु खुइलिइसकेको फुस्रा देखिन्थे । बस्ने सोफाका कभरहरु ठाउँ-ठाउँमा च्यातिएर झुत्रो भएको थियो ।

ती महिलाले सोधिन्, – ‘के को लागि आउनु भएको ? मैले भने ‘बिदेस जान बुझ्न आएको । ’
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment