Saturday, December 3, 2016

त्रिशुली नदीमा ट्रक खस्दा २ को मृत्यु.घटनास्थलको दर्दनाक दृश्य कैद क्यामरामा(भिडियो)

चितवन, २१ भदौ - काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान ३ः४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ । रासस
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment