Tuesday, November 29, 2016

मोदीसंग हात मिलाई पाकिस्तानलाइ एक्लो बनाउन भारतको साथ दिदै.नेपालीहरु मर्कामा(भिडियो)

भारतको चर्चित पत्रिका हिन्दूस्तानले पाकिस्तानलाई एक्लो बनाउन नेपालले साथ दिएको लेखेको छ । परराष्ट्र मन्त्रालयबाट आइतबार जारी विज्ञप्तिमा नाम नलेखिकनै पाकिस्तानको विरोध गरेको र जसले भारतलाई समर्थन भएको लेखेको छ । उक्त पत्रिकामा नेपालले पाकिस्तानको नाम नै नलिइकन आरोप लगाएको कुरा लेखिएको छ । नेपालले सार्क सम्मेलनका लागि पाकिस्तानको वातावरण उपयुक्त नभएको आरोप लगाएको भारतको त्यो पत्रिकामा उल्लेख गरिएको छ । उक्त पत्रिकाले परराष्ट्रको विज्ञप्तिलाई आधार मान्दै भनेको छ– ‘नेपालले सार्क सदस्य देशहरुले आफ्नो भुमि सीमापार आतंकवादलाई प्रोत्साहन दिन प्रयोग हुन नदिन सुनिश्चित गर्नुपर्छ भन्ने मान्यता नेपालको रहेको जनाएको छ ।’ नेपालले भारत प्रशासित कश्मिरमा भएको आक्रमणको दोहोर्याएर भत्र्सना गरेको र १९ औं सार्क सम्मेलनका लागि सदस्य देशहरुसँग आफूले वार्ता गर्ने समेत हिन्दुस्तान दैनिकले लेखेको छ । त्यसैगरि भारतको अर्को चर्चित दैनिक ‘टाइम्स अफ इन्डिया’ले नेपालले पाकिस्तानलाई एक्लो पार्ने भारतीय कुटनीतिक कदमलाई समर्थन गरेको बताएको छ । सो पत्रिकाले नेपालले छिमेकीलाई समर्थन गरेको समेत उल्लेख गरेको छ । गत सेप्टेम्वर १८ मा कश्मिरको युरीमा सैन्य क्षेत्रमा भएको आक्रमणमा आफ्ना १७ जना सैनिकहरुको मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको उच्चस्तरको बैठकले पाकिस्तानलाई सबै प्लेटफर्ममा एक्लो पार्ने नीति लिएको थियो ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment