Friday, November 18, 2016

म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन

– डा राजेन्द्र भद्रा

श्रावण ६, २०७३-
म विवाहित युवती हुँ । मेरो श्रीमान्को उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ?


सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ । पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ । पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् । 


कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment