Monday, November 14, 2016

६२ वर्षपछि नेपाली फुटबल इतिहास रच्न आतुर, आज सोलिडारिटी कपअन्तर्गत फाइनलमा मकाउसँग भिड्दै

काठमाडौं ३० कार्तिक – सन् १९५४ मा एसियाली फुटबल महासंघ (एएफसी)को सदस्यता लिएपछि नेपालले एएफसीले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता जितेको छैन। तर, नेपाली फुटबल मलेसियाको कोचिङमा आयोजना भइरहेको एएफसी सोलिडारिटी कपको उपाधि जितेर ६२ वर्षपछि नयाँ इतिहास रच्ने अवसर नजिक छ। नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबार साँझ सवा ५ बजे फाइनलमा करिब २० वर्षदेखिको प्रतिद्वन्द्वी मकाउविरूद्ध भिड्दैछ। नेपाल र मकाउले यसअघि पाँच वटा खेल खेलिसकेका छन्। जसमा नेपाल नै बलियो देखिन्छ। मकाउविरूद्ध नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ। यस अवधिमा नेपालले १५ गोल गरेको छ भने ७ गोल मात्र खाएको छ।

सेमिफाइनलमा प्रतियोगिताकै बलियो बरियताको टिम लाओसलाई टाइब्रेकरमा ३–० ले हराएपछि यतिबेला नेपाली टिमको मनोबल उच्च छ। नेपालले यस वर्ष खेलेको तीनवटै महत्वपूर्ण प्रतियोगिताको फाइनल पुगेर नयाँ उपलब्धि चुमिसकेको छ। वर्षको सुरुवातमा बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुदको उपाधिपछि नेपाल लगातार तेस्रो प्रतियोगिताको फाइनल पुगेको हो। मकाउ पनि पहिलोपल्ट एएफसीको आधिकारिक प्रतियोगिताको फाइनलमा पहिलोपल्ट प्रवेश गरेको हो। नेपाली टिमबाट मंगलबार उपाधिको धेरै आशा गरिएको छ। अहिले नेपालका तीन जनै स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्तीमगर लयमा देखिन्छन्। मिडफिल्डमा हेमन गुरुङ र अन्जन बिष्ट जम्नु पनि नेपालको लागि सकारात्मक सन्देश हो। लाओसलाई पराजित गरेको खेलमा दुबैले आफ्नो भूमिकालाई स्थापित गरेका थिए।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment