Saturday, November 19, 2016

काठमाडौँ मनमैजु बस्ने २९ वर्षीया युवतीमाथि बुधवार बिहान गेष्टहाउसमै सामुहिक बलात्कार

काठमाडौँ, ४ मङ्सिर, बालाजु स्थित एक गेष्ट हाउसमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । सोलुखुम्बु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २९ वर्षीया युवतीमाथि बुधवार बिहान गेष्टहाउसमै सामुहिक बलात्कार भएको हो । सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा विकास किसान 'कक्रोच' भनिने एक व्यक्ति पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । मंगलवार राती विकाससँगै गेष्टहाउसमा बसेकी ती युवतीले बुधबार बिहान आफूमाथि सामुहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । युवतीले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् । रातीसँगै बसेका विकासले बुधवार बिहान अन्य दुई साथी बोलाएर सामुहिक बलात्कार गरेको युवतीको आरोप छ । घटना लगत्तै घटनामा संलग्न युवाहरु फरार भएका थिए । फरार मध्ये विकासलाई पक्राउ गरिए पनि अन्य दुई अझै फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेका विकासले भने सहमतिमै सम्बन्ध राखेको दाबी गरेको प्रहरीले जनाएको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment