Thursday, November 17, 2016

देशको नाक राख्ने खेलाडीलाई त्यो बालुवा बोक्ने गाडीमा चै नगर परिक्रमा नगराए हुने

काठमाडौं २ मंसिर – मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि चुमेको नेपाली फुटबल टोली बुधबार स्वदेश फर्कदै छ । टोली साझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकाले नगर परिक्रमा भने बिहीबार गराउने एन्फाले जनाएको छ ।
नेपाली फुटबल टोली होस् या क्रिकेट टोली विदेशी भूमिमा उपाधि चुमेर आउँदा सम्बन्धित निकायले बालुवा बोक्ने ट्रिपरमा नगर परिक्रमा गराउने गथ्र्यो । त्यसको चौतर्फी विरोध भएपछि भारतमा सम्पन्न साग विजेता टोलीलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो ।

यसै सन्दर्भमा सोलिडारिटी कप विजेता टोलीलाई नगर परिक्रमा गराउनुपूर्व नेपाली चलचित्रका निर्देशन, लेखक तथा नायक निश्चल बस्नेतले देशको नाक राख्ने खेलाडीलाई बालुवा बोक्ने गाडीमा नगर परिक्रमा नगराए हुने भन्दै स्टाटस लेखेका छन् ।उनले एउटा बसको तस्बिरसमेत पोस्ट गर्दै ‘एउटा बस किनेर यस्तो बनाउन सकिन्न र ?’ भन्ने प्रश्नका साथ अन्तिममा ‘कुरो !’ लेखेका छन् ।

उनी लेख्छन्, ‘हुन त कुरो सम्मानको हो , मन देखि गर्ने हो । तैपनि… देशको नाक राख्ने खेलाडीलाई त्यो बालुवा बोक्ने गाडीमा चै नगर परिक्रमा नगराए हुने । एउटा बस किनेर यस्तो बनाउन सकिन्न र ? कुरो !’

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment