Saturday, November 19, 2016

मर्नु अघी एक आखरी इक्षा युवतीको जसले सारा नेपाललाइ स्तब्ध बनायो.(भिडियो)


मृत्यु कुरेर वसेकी जुम्ली युवतीको स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा पुरा हुने भएको छ । क्यान्सर रोग लागेर विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पूर्जा पाएकी जुम्ला जिल्लाकी सन्ध्या शाहीले आफ्नो अन्तिम इच्छा नै स्वास्थ्य मन्त्रीलाई भेट्ने रहेको भन्दै थापालाई पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

स्वास्थ्य मन्त्री थापाले शनिबार हाम्राकुरा डटकमसँग कुराकानी गर्दै आईतबार साँझ ४ बजे सन्ध्याको डेरामा गएर उनलाई भेट्ने तयारी गरिएको जानकारी दिए । सन्ध्याले थापालाई पत्र लेख्दै आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेकापीडालाई मन्त्रीसामु राखेर मात्रै मर्र्न चाहेको बताएकी थिईन् ।

उनले पत्रमा भनेकि छिन् ‘तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जादा हस्पिटलमा कति माया गर्छ ? कति आफ्नोपन देखाउँछ ? तपाइलाई याद होला । अनुभव होला। तर मलाई त त्यस्तो कुराको अनुभवै भएन । यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिईरहेको छु । खासमा मैले धेरै दुख पाए । धेरै आपत खेपे । पाएको दुख सम्झिदा लाग्छ म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको शिकार भएँ ।’
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment