Monday, November 14, 2016

गैस्ट्रिकका कारण पेट फुल्ने समस्याबाट तुरुन्त राहत पाउने निकै नै सहज घरेलु उपायहरु :: जानकारीका लागि लिङ्कामा जानुहोस् >>

गैस्ट्रिक प्राय नेपालीहरुको साझा समस्या रही आएको छ। चिल्लो,पिरो र अमिलो खानाका पारखीहरुलाई गैस्ट्रिकले र पेट फुलिने समस्याले सधैँ जसो पिरोली रहेको हुन्छ। पेटमा ग्याँस हुदाँ पेट फुलिने, पेट दुख्ने र छाती दुख्ने जस्ता लक्षणहरु देखिन्छन्। त्यसैले हामीले ग्याँसबाट तुरुन्तै छुट्कारा पाउने निकै नै सहज घरेलु उपायहरु हाजुरहरु माझ लिएर आएका छौँ। यस्ता छन् फुलेको पेटलाई उत्तिनै खेर सन्चो बनाउने उपचारहरु: तातो पानी पिउने : तातो पानी पिएर फुलेको पेटबाट तुरुन्तै राहत पाउन सकिन्छ। गैस्ट्रिकबाट छुटकारा पाउने यो सबै भन्दा सहज र प्रयोगशाली उपाय पनि हो। पुदिनाको चिया पिउने : पुदिनालाई पनि पेट फुल्ने समस्यालाई हटाउने प्राकृतिक उपाय हो। तातो पानीमा ताजा पुदीनाको पात उमालेर चिया जसरी सेवन गर्दा यो समस्याबाट तुरुन्तै राहत मिल्छ। दही सेवन गर्ने : दहीमा प्रो-बायोटिक जस्ता तत्त्व हुन्छ जसले ग्याँसका कारण पेट फुल्ने समस्याबाट तुरुन्त राहत दिन्छ। अदुवा सेवन गर्ने : अदुवालाई गैस्ट्रिक विरुद्ध निकै नै प्रभावकारी औषधी मानिन्छ। पेट फुलेको बेलामा अदुवाको टुक्रा चपाउनाले पेट दुख्ने र ग्याँसबाट छुटकारा मिल्छ। अदुवालाई तातो पानीमा थिचेर हाली चिय स्वरुप पनि सेवन गर्न सकिन्छ। 
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment