Sunday, November 20, 2016

यो तस्बिरमा आखिर त्यस्तो के छ जसका कारण १ सय ४६ पटक बान्ता आयो ?


लारा डे बेल्जियमकी हुन् । दर्शनशास्त्रकी विद्यार्थी उनी फेसबुकमा निकै सक्रिय छिन् । पछिल्लो महिना उनले आफ्नो प्रोफाइल फोटो परिर्वन गरिन् जसमा उनको काखीको रौं देखिएको थियो ।

महिलाहरुले आफ्नो शरिरमा भएको रौं बारे जे सोच्छन् त्यसलाई परिवर्तन गर्नुपर्ने सोचसहित उनले उक्त फोटो पोष्ट गरेको बताइन् । आफ्नै शरिरको रौं देखेर किन घिन मान्ने भन्ने प्रश्न उनी महिलाहरुले आफैंलाई सोध्नुपर्ने बताउँछिन् ।

तर उनको यो विचार सबैलाई कहाँ मनपर्दथ्यो र ? उनको काखीमुनीको रौं देखेर थुप्रै मानिसहरुले निकै नराम्रो कमेन्ट बर्साए । तीमध्ये धेरैलाई उनले नजरअन्दाज गरिन् तर एउटा कमेन्टलाई भने उनले चाहेर पनि बिर्सन सकिनन् । एक प्रयोगकर्ताले उक्त फोटोमा लेखे, ‘तिम्रो तस्बिर हेरेर मैले १ सय ४६ पटक बान्ता गरें, तिमी …. हौ, तिमी सुंगुर हौ ।’

आफ्नो फोटोमा विभिन्न नकारात्मक कमेन्ट आउने उनलाई पूर्वज्ञात थियो तय यस्तो प्रतिक्रिया पनि आउनेछ, उनले कहिले पनि नसोचेको बताइन् । उनले भनिन्, ‘मलाई थाहा थियो, मानिसहरुले यो तस्बिरमा यस्तै प्रकारको प्रतिक्रिया दिनेछन् तर म उत्पिडित र भर्चुअल हिंसाको शिकार हुनेछु यसबारे मैले सोचेको थिइनँ । यो मेरो शरिर हो र म योसँग जे पनि गर्न सक्छु भनेर मानिसहरुलाई देखाउन खोजेकी हुँ ।’

त्यसपछि लाराले एक तस्बिर अपलोड गरिन् जसमा उनको काखी मुनीको रौं निकालिएको थियो जसमा उनले लेखेकी थिइन्, ‘मेरो मर्जी ।’
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment