संविधान संशोधनजस्तो विषय गहन विषय भएकोले हचुवाको भरमा यसमा नलाग्न समेत ओलीले प्रधानमन्त्री दाहाललाई आग्रह गरे । स्रोतका अनुसार ओलीले आफू दुई चार दिन अझै काठमाडौं आउन नसक्ने जानकारी प्रधानमन्त्री दाहाललाई गराएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले छिट्टै आउन अनुरोध गरेका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली यतिवेला संविधान संशोधनको जसरी हल्ला फैलाईएको छ, त्यसबारेमा सन्तुष्ट नरहेको एमाले स्रोतले जनायो । तर, यता प्रधानमन्त्री दाहालले मधेशी मोर्चाका नेताहरुलाई कार्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने वचन दिएका छन् ।
No comments:
Post a Comment