Tuesday, December 20, 2016

तिवारी हत्यामा संलग्न रहेको आशंकामा तीनजना पक्राउ



एमाले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशंकामा रुपन्देही प्रहरीले मंगलबार ३ जना पक्राउ गरेको छ ।

घटनाबारे सोधपुछ अनुसन्धानका लागि देवदह खैरेनीबाट शंकास्पद ३ जनालाई पक्राउ गरेको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताए । उनीहरुको बयानले घटनाबारे खुल्न सक्ने उनले जानकारी दिए ।

सोमबार स्थानीयलाई फोन गरेर आफ्नो नेतृत्वको समूहले गोली हानी हत्या गरेको बताउने मनोज पुनको फोन र आवाजबारे पनि अनुसन्धान थालेको उनले बताए ।

यसैबीच, बुटवलमा युवा संघले विशाल विरोध प्रदर्शन गरेको छ । राजमार्ग चौराहबाट निस्केको विरोध जुलुस मिलनचोक, बसपार्क हुँदै पुष्पलाल पार्कमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्दै युवा संघ नेपालका पदाधिकारीहरुले घटना विशुद्ध राजनीतिक प्रतिशोधका कारण भएकाले सत्यतथ्य छानबिनको माग गरे । प्रहरीले लेनदेनसँग जोडेर घटनालाई कमजोर बनाउन खोजेको भन्दै राजनीतिक घटनालाई अन्यत्र नमोड्न चेतावनी दिए । कान्तिपुर बाट साभार
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment