Friday, December 23, 2016

नेपालको छोरो हुनुमा गर्व छ मलाइ र देशप्रेम सधै रहने छ म भित्र-डेनीको मनछुने शब्द (भिडियो)

नेपालीभाषी बाहुल्य क्षेत्र, भारतको उत्तरपूर्वी राज्य सिक्किममा पहिलोपटक नेपाली फिल्म अवार्ड कार्यक्रम सम्पन्न भएको छ। बुधबार गान्तोकको मनोरन्जन केन्द्र हलमा आयोजित ‘इनास अवार्ड’लाई सिक्किमका गभर्नर श्रीनिवास पाटिल र मुख्यमन्त्री पवन चाम्लिङलगायतले उद्घाटन गरेका थिए।

अन्तर्राष्ट्रिय कलाकार समाजद्वारा आयोजित समारोहमा यसै भूमिमा जन्मे÷हुर्केका अभिनेता तथा गायक डेनी डेन्जोङ्पालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। अस्वस्थताका कारण डेनी उपस्थित हुन नसक्दा उनका भान्जा अर्थात् फिल्म निर्देशक उगेन छोपेलले अवार्ड ग्रहण गरे। उगेनलाईसमेत ‘सफल निर्देशक’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको थियो।

प्रतिष्पर्धातर्फ १८, जुरी र पपुलर अवार्ड गरी कुल २० विधामा प्रदान गरिएको अवार्डमा ‘क्लासिक’ फिल्मले कुल ६ अवार्ड हात पार्दै सबैभन्दा धेरै अवार्डको विजेता बन्यो। फिल्मका तर्फबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता÷अभिनेत्री ठहरिए भने जुरीका तर्फबाट निर्देशक दिनेश राउत, गायकमा ‘हारेँ हारेँ’ बोलको गीतका लागि युवराज चौलागाईं, सम्पादनमा सुरेन्द्र पौडेल, ‘प्रकृतिको सुन्दर सृष्टि’ गीतका लागि गीतकार कृष्णहरी बरालले उत्कृष्टको अवार्ड चुमे। इनासले यसअघि सार्वजनिक गरेको मनोनयन सूचीमा जुरीतर्फबाट अवार्ड हात पारेका निर्देशक राउतको नाम समावेश गरिएको थिएन।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment