Wednesday, December 21, 2016

भारतको इशारामा चीनलाई चिढ्याउन प्रधानमन्त्री प्रचण्डले गरे नेपाली इतिहास कै सबैभन्दा ठुलो कुटनीतिक गल्ति

काठमाडौं, ७ पुस – छिमेकी चीनसँगको सम्बन्धबाट देशले लाभ लिन सक्ने अवसर गुमाउँदै देउवा–दाहाल गठबन्धनले चीनलाई बिच्क्याउने काम गर्न थालेको छ । भारत र चीनसँग ‘सन्तुलित’ सम्बन्ध कायम गर्ने आफ्नो उद्धेश्य रहेको बताएका प्रधानमन्त्री दाहालले भारतको इसारामा चीनसँगको सम्बन्धलाई दाउमा राखेर मंगोलियासँग शंकास्पद र कच्चा कुटनीतिक सम्बन्ध राखेको खुलेको हो । भारतले नाकाबन्दी लगाएका बेला सहयोगी बनेको चीनलाई चिढ्याउने प्रयोजनकै लागि सुनियोजित रुपमा मंगोलियन विदेशमन्त्री र चिनियाँ नेतालाई एकसाथ बोलाएर चिनियाँ पक्षलाई अपमानित गरेको चीनले महसुस गरेको छ ।

उप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य लिउ छिपाओले पुस ४ मा आफू अपमानित भएको महसुस गरेका हुन् । त्यसदिन चिनियाँ कम्युनिस्ट पार्टी प्रचार बिभाग प्रमुख छिपाओको प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको कार्यक्रम थियो ।

तर जब आफ्नो प्रतिनिधिमण्डलसहित उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे, प्रधानमन्त्री दाहालले भने भर्खरै मंगोलियाका बिदेशमन्त्री सेन्द मुन्च अर्जिलसँग वार्ता सकेका थिए । र, विदेशमन्त्री अर्जिल वालुवाटारबाट फर्कदै थिए । वार्ताको बिषय थियो– चीनको बिरोध अर्थात चीनले मंगोलियातर्फ आगमनमा रोक लगाएको भन्ने गुनासो । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणामा चीनकै बिरोध गर्नका लागि मंगोलियाका बिदेशमन्त्रीलाई काठमाडौं निम्त्याइएको थियो ।

आफूभन्दा अगाडि आफ्नै बिरोध अर्थात मंगोलियाप्रतिको चीन नीतिको बिरोध गर्न आएका व्यक्तिसँग प्रधानमन्त्री दाहालले वार्ता गरेपछि स्वभाविक रुपमा त्यसले चिनियाँ पक्षलाई असन्तुष्ट बनायो । तर त्यसलाई व्यक्त नगरी चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग वार्ता गर्यो । जवकी स्वम प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई मंगोलियालाई चीनतर्फ रोक लगाएको बिषयमा थप जानकारी समेत केही थिएन ।

तर सरकारको उक्त अपमानको असर वालुवाटार वार्तापछि तुरुन्तै देखियो । चिनियाँ बरिष्ठ नेताले नचाहेर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नभेटेका होइनन् । माओ–कांग्रेस सरकारद्वारा अपमानित भएपछि उनी स्वयं नेपाली नेताहरुसँगको वार्तामा वस्ने मुडमा देखिएनन् । दाहाल सरकारले मंगोलियाका विदेशमन्त्री जति पनि प्राथमिकता नदिएको मात्र होइन, चीनबिरुद्ध नै कार्य गर्न थालेकोमा उनले आक्रोशित र अपमानित दुबै महसुस गरेका हुन् ।

भारतीय योजनामा आफ्ना कुटनीतिक प्राथमिकता सार्बजनिक गर्दै आएको दाहाल–देउवा सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित भ्रमण त असफल पार्यो नै, त्यसपछि लगातारजसो चिनियाँ नेता÷अधिकारीको अपमानसमेत गर्दै आयो । नेपालका लागि मंगोलियासँगको सम्बन्ध चीनसँगको सम्बन्धमा तुलनायोग्य नै छैन । संसारले बिकास र लगानीका लागि चीनलाई रेडकार्पेट स्वागत गरिरहेको छ । चिनियाँ राष्ट्रपति बंगलादेशको औपचारिक भ्रमणमा जाँदा मात्र २४ बिलियन डलरको सहयोग सम्झौता भएपछि बंगलादेशले आर्थिक बिकासमा नयाँ फड्को मार्दैछ । चीनले महाशक्ति भनिएको अमेरिका र युरोपलाई समेत आर्थिक उद्धार गरेको छ । यस्तो बेला चिनियाँ बिकास र पुँजीबाट नेपालले लाभ लिनुपर्ने र तदनुरुपको नीति बनाउनुपर्नेमा चीनबिरुद्ध नेपाललाई उभ्याउने प्रयास दाहाल सरकारले गरेको छ ।

मंगोलियाले एक चीनको नीतिबिरुद्ध तिब्बती पृथकतावादी नेता दलाई लामालाई मंगोलियामा स्वागत गर्यो । त्यसको स्वभाबिक रुपमा चीनले बिरोध गर्यो । यो बिशुद्ध चीन र मंगोलियाको द्विपक्षीय मामिला हो । यसमा मंगोलियाले नेपालको सहयोग वा समर्थन खोज्नु नेपालको चासोको बिषय नै होइन । त्यतिमात्र होइन, नेपालले मंगोलियाको पक्षमा र चीनको बिरोधमा बोल्नसक्ने यो बिषय नै होइन ।

यति प्रष्ट हुँदाहुँदै किन मंगोलियाका विदेशमन्त्रीलाई काठमाडौं निम्त्याइयो ? सामान्य कुटनीतिक शिष्टाचारका लागि भेटवार्ता गर्न खोजिएको हो भने किन चिनियाँ बरिष्ठ नेता आउने समयमै मंगोलियाका बिदेशमन्त्रीलाई पनि समय दिइयो ? फेरी, प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि पनि किन लगातार समय दिइयो ? मंगोलियाका विदेशमन्त्रीले भेटेलगत्तै चिनियाँ नेताले भेट्ने कार्यक्रम किन राखियो ? त्यतिमात्र होइन, जुन होटलमा मंगोलियाका बिदेशमन्त्रीलाई दिवाभोज दिइयो, त्यही होटलमा किन चिनियाँ नेतासँग नेपाली नेताहरुको भेट राखियो ?

यी अति संबेदनशील कुटनीतिक मुद्दा हुन् । मंगोलियाका मन्त्री आउने र चिनियाँ नेता आउने संयोग मात्र होइन, यो नियोजित देखिन्छ । नियोजित ढंगमा सबै कार्यक्रम मिलाइएको देखिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चानचुने होइनन्, उनी भाइस प्रिमियर तहका नेता हुन् । मंगोलियासँग नेपालको औपचारिक बाहेक अर्को सम्बन्ध छैन, त्यसका लागि चीनसँगको नेपाल सम्बन्धलाई दाउमा राख्ने काम सरकारले गरेको छ, त्यो अर्को कुटनीतिक दुर्घटना हो । कुटनीतिक रुपमा नेपाल यति कमजोर यसअघि कहिलै थिएन । चक्रपथ.कम बाट

- See more at: http://www.lightnepal.com/65993/#sthash.QWoiEBkw.dpuf
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment