Friday, December 23, 2016

आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने

यातायात व्यवस्था कार्यालयले आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन लिने भएको छ।

आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै कार्यालयले औपचारिक रुपमा आगामी आइतबारदेखि अनलाइनबाटै आवेदन लिने भएको हो।

सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ।

आइतबार भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सिस्टमको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। सेतोपाटीसित कुराकानी गर्दै उनले यसबाट कार्यालयको भीड ८० प्रतिशतले कम हुने विश्वास व्यक्त गरे।

अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछ। पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ।

प्रत्येक आवेदकलाई छुट्टाछुट्टै समय दिइने भएकाले यसबाट यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्ने छ।

यसअघि यातायात मन्त्री रमेश लेखकले कार्यालय पुगी लाइसेन्स आवेदन प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए। सो निर्देशन अनुसार अनलाइन प्रणालीको विकास गरिएको हो।

यसबाट बिचौलियालाई दिनुपर्ने कमिसन हट्ने र विवरणहरु गल्ती हुने समस्या पनि हट्नेछ। हाल दैनिक सयौं संख्यामा मध्यरातदेखि लाइसेन्सको आवेदन बुझाउन एकान्तकुना कार्यालयमा भीड लाग्ने गरेको छ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment